शिक्षा
हल्दिबारी संवाददाता १० महिना अगाडि

सिक्दै अघि बढ्ने यात्रा” — वीरता जुनियर जेसिसको ट्रेनिङ सप्ताह सम्पन्न

बिर्तामोड, झापा : वीरता जुनियर जेसिसले आयोजना गरेको जुनियरजेसिस ट्रेनिङ सप्ताह आज एक विशेष समारोहका बीच सम्पन्न भएको छ।

Advertisement

“लरनिङ टुगेदर, लिडिङ फरएभर (Learning Together, Leading Forever)” भन्ने मूल नाराका साथ सञ्चालन गरिएको यो कार्यक्रम आठ दिनसम्म निरन्तर रूपमा चल्यो।

Advertisement

कार्यक्रमअन्तर्गत १२ वटा फरक–फरक प्रशिक्षण सत्रहरू सञ्चालन गरिएका थिए, जसबाट ७० भन्दा बढी विद्यार्थीहरूले प्रत्यक्ष लाभ लिएका छन्। प्रशिक्षणमा विद्यार्थीहरूलाई व्यावसायिक सीभी तयार गर्ने सीप, आत्मविश्वास र नेतृत्व विकास, उद्यमशील सोच, सेयर बजार लगानी र वित्तीय सचेतना सम्बन्धी आधारभूत ज्ञान प्रदान गरिएको थियो। साथै, बोल्ने कला, उद्घोषण, स्टेज ह्यान्डलिङ, समूह कार्य र समय व्यवस्थापन जस्ता व्यवहारिक सीपहरूमा पनि प्रशिक्षण दिइयो।

सहभागीहरूले यस कार्यक्रमले आफूहरूमा सकारात्मक सोच, व्यवहारिक ज्ञान र जिम्मेवार नागरिक बन्ने प्रेरणा जगाएको बताएका छन्। कार्यक्रमको समापन समारोहका प्रमुख अतिथि बिर्तामोड उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजु न्यौपाने हुनुहुन्थ्यो, जबकि अध्यक्षता वीरता जुनियर जेसिसका अध्यक्ष अश्मित गोसाईले गर्नुभयो।

प्रमुख अतिथि न्यौपानेले भने,  “युवाहरूमा नेतृत्व र आत्मविश्वास विकास गर्ने यस्ता कार्यक्रमहरूले समाजमा सकारात्मक परिवर्तन ल्याउनेछन्।”

त्यस्तै, अध्यक्ष गोसाईले भने,  “हामी भविष्यका जिम्मेवार र सृजनशील युवा तयार पार्ने उद्देश्यले यस्ता प्रशिक्षण निरन्तर गर्दै जानेछौं।”

सो अवसरमा प्रशिक्षार्थीहरूलाई सम्मानपत्र वितरण गरिएको थियो, साथै प्रशिक्षकहरूलाई पनि सम्मान प्रदान गरियो।

कार्यक्रमको समग्र संयोजन वीरता जुनियर जेसिसका पदाधिकारी हरूको टोलीले गरेको थियो। आयोजक संस्थाले यस्ता नेतृत्व अभिमुख कार्यक्रमहरू भविष्यमा पनि निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

समापन समारोहमा विभिन्न संघ–संस्थाका प्रतिनिधि, विद्यार्थी, प्रशिक्षक र सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article