हल्दिबारी डटकम
Hover Ad Article
शिक्षा
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

शिक्षकहरुले हल्दिवारीमा गरे ४ लाख ७५ हजार गाउँपालिकालाई राहत सहयोग

हेमन्त कुमार मैनाली /जलथल ।कोरोना भाइरसको कारण लकडाउनबाट प्रभावितहरुको लागि राहत सहयोग गर्न सम्पुर्ण हल्दिवारीमा रहेका शिक्षक कर्मचारीहरुबाट संकलन गरिएको ४ लाख ७५ हजार १ सय ३३ रुपैयाँ गाउँ पालिका उपाध्यक्ष तथा शिक्षा समिति अध्यक्ष डम्बरबहादुर गिरिलाई हस्तान्तरण गरिएको छ। 

Advertisement

शिक्षक महासघ हल्दिवारीका अध्यक्ष मदन पोखरेल ,सचीव वोधकृस्ण पौडेल तथा नेपाल रास्टिय शिक्षक संगठनका अध्यक्ष झलक बहादुर बस्नेतले सयुक्त रूपमा शिक्षा समिति अध्यक्ष समेत रहनु भएका उपाध्यक्ष डम्बरबहादुर गिरिलाई सहयोग हस्तान्तरण गरिएको हो ।

Advertisement

हल्दिवारी गाउँपालिकामा रहेका सबै सामुदायिक विद्यालयका शिक्षक कर्मचारीहरु ,खेल शिक्षक ,अङ्ग्रेजी शिक्षक ,साइन्स शिक्षक,कम्पियुटर शिक्षक लगायतबाट उल्लेखित रकम सड्ढलन गरिएको महासघ अध्यक्ष मदन पोखरेलले बताए ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)