समाचार
हल्दिबारी संवाददाता ९ महिना अगाडि

शिवसताक्षी नगरपालिकाका फरार कैदी पक्राउ

झापा, १२ कात्तिक । जिल्ला झापा, शिवसताक्षी नगरपालिका वडा नं. ११, शेर्माटोल बस्ने ४५ वर्षीय डम्बर बहादुर मगर (शम्भु मगर), जो २०७८ सालको जेन्जी आन्दोलनको क्रममा कर्तव्य ज्यान कसुरमा दोषी ठहरिएर झुम्का कारागार सुनसरीमा सजाय भुक्तान गर्दै थिए, फरार भएका थिए।

Advertisement

१२ गते शुक्रबार दिउँसो करिब १२:१० बजे जिल्ला प्रहरी कार्यालय झिलझिलबाट खटिएको प्रहरी टोलीले खोजतलाशको क्रममा उनलाई घरमै लुकिछिपि बसेको अवस्थामा नियन्त्रणमा लिएको छ।

Advertisement

प्रहरी स्रोतका अनुसार, फरार भएका शम्भु मगरलाई पुनः झुम्का कारागार सुनसरी पठाइने तयारी भइरहेको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article