हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता १० महिना अगाडि

कविता : बिक्रीमा म आफैंलाई !

Advertisement

राख्ने विचार गर्दैछु बिक्रीमा म आफैंलाई
लाग्छ मान्छे किन् बेच गर्ने शहर हो मलाई
मान्छे र पशु बीचको अंतरछैन जस्तो लाग्छ
मान्छे हुँ भन्ने पशु अधिकारवादी मान्छेलाई!

Advertisement

मान्छेकै मूल्य नहुने शहराँ बिक्रीमा आफैंलाई
मान्छेले मान्छेझैं गर्दैनन् यो शहरमा मान्छेलाई
कुकुर डोर्‍याइ हिड्छन् बिहानी स्वस्थ रहनलाई
मान्छेको मूल्य थाहा पाउन बिक्रीमा आफैंलाई!

देवत्त्वकरण नै गर्छन् मान्छेले शहरमा आफैंलाई
कुदिएको मुर्तिझैं ठान्छन् मान्छे आफू आफैंलाई बरु ढुङ्गो बोल्ला तर मान्छे बोल्दैन यो शरमा कतै
अंतर जान्नलाई बिक्रीमा राखे आफैंले आफैंलाई!

मान्छेले मान्छेको मूल्य ठान्दैन कसैले कसैलाई
मान्छेको मूल्य जान्न बिक्रीमा राखे म आफैंलाई
कम्तीमा सन्चो विसन्चो त सोधिन्छ गाउँघरमा
मान्छेले मान्छेको महत्त्व गर्छन् सबैले सबैलाई!

राज कुमार कार्की
मे न पा-१५, झापा ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)