हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता १० महिना अगाडि

‘अभिमन्यु : च्याप्टर–१’लाई अस्ट्रेलिया र न्युजिल्यान्डमा ५ सय भन्दा बढी शो

हल्दीबारी , झापा। नेपाली चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’ ले अस्ट्रेलिया र न्युजिल्यान्डमा ऐतिहासिक सफलता हात पारेको छ। डिसेम्बर ११ बाट रिलिज हुँदै गरेको यस चलचित्रले पहिलो सातामै ५०० भन्दा धेरै शो सुनिश्चित गरेको निर्माण पक्षले जनाएको छ।

Advertisement

सह–निर्माता रमेश चौलागाईंका अनुसार, “अभिमन्यु : च्याप्टर–१ ले पहिलो सातामै पाँच सयभन्दा धेरै शो पाएको छ। दर्शकको चाप निकै उच्च भएकाले थप शोहरू पनि थपिँदै जानेछन्।”

Advertisement

नेपालमा उत्कृष्ट समीक्षासहित प्रदर्शनमा रहेको यो चलचित्र बिहीबारदेखि अस्ट्रेलिया र न्युजिल्यान्डमा पनि प्रदर्शन हुँदैछ। “नेपालमा प्राप्त सकारात्मक रिभ्यूले डायस्पोरा मार्केटमा पनि राम्रो असर पार्नेछ,” चौलागाईंले बताए।

फरेन मार्केटमा नेपाली फिल्मले यति धेरै शो पाउनु समग्र उद्योगका लागि उत्साहजनक भएको उनको भनाइ छ।

सुशान्त गौतमले निर्देशन गरेको ‘अभिमन्यु’ ले नेपालमा पनि राम्रो ओपनिङ पाएको छ। रिलिज भएको केही दिनमै उच्च अकुपेन्सी देखिएको छ।

सस्पेन्स भरिएको यो चलचित्रले मधेसमा गम्भीर समस्याका रूपमा रहेको दाइजो प्रथा, समाजमा बढ्दै गएको इजी मनीको दौड, र त्यसले सिर्जना गरेका चुनौतीहरू कथाका माध्यमबाट प्रस्तुत गर्छ। दर्शकहरूलाई मजबुत रूपमा बाँध्न सफल ‘अभिमन्यु’ हेर्ने धेरैले यसको सिक्वेल माग गरिरहेका छन्।

फिल्मका क्रिएटिभ निर्देशक मदन थापा हुन् भने कथामा मुकेश खनालको लेखन छ। निर्माता विनोद पौडेल र गुञ्जन गिरी, सह–निर्माता रमेश चौलागाईं र हरि श्रेष्ठ हुन्।
कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ छन्।

डीओपी शरद महतो, भिएफएक्स मनोज श्रेष्ठ, रंग संयोजन जुनिम गहतराज र सम्पादन मदान घिमिरेले गरेका छन्।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)