समाचार
हल्दिबारी संवाददाता ८ महिना अगाडि

भ्रष्टाचारविरुद्ध र सुशासन प्रवर्द्धनमा सक्रिय पत्रकारलाई टंकप्रसाद–रमादेवी पाठक पत्रकारिता पुरस्कार

झापा । भ्रष्टाचारविरुद्ध कलम चलाउँदै सुशासन प्रवर्द्धनमा निरन्तर सक्रिय रहेका झापाका तीन जना पत्रकारलाई टंकप्रसाद–रमादेवी पाठक पत्रकारिता पुरस्कार प्रदान गरिएको छ। ५० हजार ५५५ रुपैयाँ राशिको उक्त पुरस्कार आज बिर्तामोडमा आयोजित विशेष कार्यक्रमकाबीच वितरित गरिएको हो। कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष डा. कुमार शर्मा आचार्य प्रमुख आतिथ्य रहनुभएको थियो।

Advertisement

अमेरिकाको टेक्सासस्थित हेम–सरिता फाउन्डेसन र नेपाल पत्रकार महासंघ झापाको सहकार्यमा स्थापना गरिएको पुरस्कारअन्तर्गत २०८१ सालका लागि

Advertisement

पूर्वाञ्चल दैनिकका सह-सम्पादक सुरेन्द्र भण्डारी ,जनआन्दोलन साप्ताहिककी सम्पादक इन्दु पूर्वेली गौतम
लाई संयुक्त रूपमा सम्मान गरिएको छ।

त्यसैगरी २०८२ सालका लागि नयाँ पत्रिका दैनिकका झापा संवाददाता चिरञ्जीवी घिमिरे पुरस्कृत भएका छन्। पत्रकारितामार्फत भ्रष्टाचार उन्मूलन, सुशासनको प्रवर्द्धन र न्यायपूर्ण समाज निर्माणमा उनीहरूले पुर्‍याउँदै आएको योगदानको कदर गर्दै पुरस्कार प्रदान गरिएको हो। यसअघि सो पुरस्कारबाट राजबाबु शङ्कर पुरस्कृत भएका थिए।

पुरस्कारका लागि रु पाँच लाख पाँच हजार रुपैयाँको अक्षयकोष स्थापना गरिएको छ र सोही अक्षयकोषबाट प्राप्त ब्याजबाट नेपाल पत्रकार महासंघ झापाले प्रत्येक वर्ष पुरस्कार वितरण गर्दै आएको छ। भण्डारी र गौतम बिर्तामोडलाई कर्मथलो बनाएर पत्रकारितामा सक्रिय छन् भने घिमिरे दमकबाट पत्रकारिता गर्दै आएका छन्।

कार्यक्रमका बीच लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियानसम्बन्धी समाचार लेखनका रूपमा उत्कृष्ट योगदान पु¥याएका पत्रकार जोस्ना श्रेष्ठ र रञ्जिता खड्कालाई जनही ५/५ हजार रुपैयाँको लेखनवृत्ति पनि प्रदान गरिएको छ।

महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रेस काउन्सिल अध्यक्ष डा. आचार्य, मुख्य अधिकृत झविन्द्र भुषाल, महासंघ कोशी प्रदेशका अध्यक्ष भरत खड्का, झापाका पूर्वअध्यक्ष केशव आचार्य तथा पुरस्कृत प्रतिभा घिमिरेले वक्तव्य राखेका थिए।
कार्यक्रम सञ्चालन महासंघका सचिव राजु पाठकले गर्नुभएको थियो। स्वागत उपाध्यक्ष सुब्रत न्यौपानेले गरेका थिए भने पुरस्कृत प्रतिभाहरूको संक्षिप्त परिचय उपाध्यक्ष विनिशा शर्मा गौतमले प्रस्तुत गरेकी थिइन्।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article