समाचार
हल्दिबारी संवाददाता ८ महिना अगाडि

अस्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकासँग सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध

रेखा न्यौपाने ,अस्ट्रेलिया । इन्स्टाग्राम, फेसबुक, एक्स, स्न्यापच्याट, टिकटक, युट्युबलगायत प्रमुख सामाजिक सञ्जाल अब १६ वर्षमुनिका बालबालिका तथा किशोर–किशोरीले प्रयोग गर्न नपाउने नयाँ कानुन आजदेखि अस्ट्रेलियाभर लागू भएको छ। प्रधानमन्त्री एन्थनी अल्बानेजीले यस कदमलाई “बालबालिकालाई सुरक्षित वातावरण दिने महत्वपूर्ण पहल” बताएका छन्।

Advertisement

सरकारका अनुसार, यो नीतिबाट अनलाइनमा फैलिने हानिकारक सामग्री, हिंसा, दुव्र्यवहार तथा मानसिक तनावबाट बालबालिकालाई जोगाउन सहयोग पुग्नेछ।

Advertisement

तर, आलोचकहरू भन्छन् यस्तो कडा प्रतिबन्धले किशोरहरूलाई वैकल्पिक, अझै अनियन्त्रित प्लेटफर्मतर्फ धकेल्न सक्छ।

कानुन कसरी लागू हुन्छ?

नियम उल्लङ्घन भएमा बालबालिका वा अभिभावकलाई होइन, सामाजिक सञ्जाल कम्पनीलाई ३.२५ करोड अमेरिकी डलरसम्म जरिवाना गरिनेछ।

विज्ञहरूका अनुसार, उमेर–पहिचान प्रणाली पूर्ण रूपमा प्रभावकारी नहुने तथा बालबालिकाले सजिलै छल्न सक्ने चुनौती कायम छ।

प्रधानमन्त्री अल्बानेजीले भने, “यो नीतिले पूर्ण सफलता नपाउन सक्छ, तर यसबारे राष्ट्रिय बहस सुरु हुनु नै ठूलो उपलब्धि हो। यसले अभिभावकलाई शान्ति दिनेछ र बालबालिकालाई उनीहरूको बाल्यकाल फर्काइदिनेछ।”

ई-सेफ्टी प्रमुखको चेतावनी

अस्ट्रेलियाकी ई–सेफ्टी कमिश्नर जुली इन्मान ग्रान्टले सबै प्लेटफर्म नयाँ नियम पालना गर्न बाध्य रहेको बताउनुभयो। उहाँका अनुसार भोलिदेखि नै १० प्रमुख प्लेटफर्मको कडाइका साथ निगरानी गरिनेछ। उनी भन्छिन् “टाबाको प्याकेजिङ् वा बन्दुक नीतिजस्तै, यो पनि विश्वले पछ्याउने कार्यक्रम बन्न सक्छ।”

कम्पनीहरूको प्रतिक्रिया

टेक कम्पनीहरूले यस कदमलाई “अत्यधिक सरकारी हस्तक्षेप” भनेर आलोचना गरेका छन्। कसैकसैले भने सरकारलाई प्लेटफर्महरू सुरक्षित बनाउन ध्यान दिनुपर्ने, शिक्षा र जागरूकता कार्यक्रम बढाउनुपर्ने सुझाव दिएका छन्।

एक्स (X) का प्रमुख एलन मस्कले प्रतिबन्धको आलोचना गरे पनि, कम्पनीले अन्तिम समयमा आएर नियम पालना गर्ने निर्णय जनाएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article