समाचार
हल्दिबारी संवाददाता ८ महिना अगाडि

हल्दीवारी–३ मा लागत साझेदारीमा ११३ कृषकलाई कृषि उपकरण वितरण

झापा । हल्दीवारी गाउँपालिका–३ ले कृषक लक्षित ‘कृषि सशक्तीकरण’ कार्यक्रमअन्तर्गत ५० प्रतिशत लागत साझेदारीमा कृषि उपकरण वितरण गरेको छ। वडाले स्वीकृत कार्यक्रमअनुसार पहिलो चरणमै उल्लेख्य संख्यामा उपकरण वितरण गरेको हो।

Advertisement

वडाध्यक्ष बिष्णुप्रसाद ओलीको संयोजकत्वमा वडा सदस्य कर्णबहादुर भण्डारी, अजितकुमार विष्ट, विष्णुमाया तिम्सिना तथा स्थानीयवासीको उपस्थितिमा दुई दिनसम्म सामग्री वितरण गरिएको वडा कार्यालयले जनाएको छ।

Advertisement

वडा कार्यालयका अनुसार कुल ४ लाख ८ हजार ६०० रुपैयाँ बराबरका उपकरण वितरण गरिएको हो। जसमध्ये २ लाख ४ हजार ३०० रुपैयाँ वडा कार्यालयले विनियोजन गरेको छ भने उतिनै रकम कृषकले लागत साझेदारीमार्फत वहन गरेका छन्। वडाध्यक्ष ओलीका अनुसार कार्यक्रममार्फत ११३ कृषक लाभान्वित भएका छन्।

२०८२/०८३ सालका लागि स्वीकृत ‘कृषि सशक्तीकरण’ कार्यक्रमअन्तर्गत पहिलो चरणमा उपकरण वितरण गरिएको वडा सचिव राजन खतिवडाले बताए। उनका अनुसार बुधवार र बिहीवार गरी दुई दिनमा ४३ थान व्हीलव्यारो, ३१ थान स्प्रे ट्याङ्की र ४१ थान मकै रोप्ने मेसिन वितरण गरिएको हो।

सचिव खतिवडाले निवेदन पेस गरेका सबै कृषकले मागअनुसारका उपकरण प्राप्त गरेको जानकारी दिए।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article