समाचार
हल्दिबारी संवाददाता ८ महिना अगाडि

एमाले केन्द्रीय कमिटी बैठक आज, भृकुटीमण्डपमा बन्दसत्र सुरु हुँदै

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको केन्द्रीय कमिटी बैठक बोलाएका छन्। बैठक आज बिहान ९ बजे काठमाडौँको भृकुटीमण्डपमा बस्नेछ।

पार्टीको महाधिवेशनअन्तर्गत आजबाट एमालेको बन्दसत्र पनि भृकुटीमण्डपमै सुरु हुँदैछ। यसअघि बिहान ७ः३० बजेका लागि तय गरिएको बन्दसत्रको समय परिवर्तन गरी मध्याह्न १२ बजेका लागि सारिएको छ। यद्यपि समय परिवर्तन भए पनि नेता तथा कार्यकर्ताहरू बन्दसत्र स्थलमा भेला हुन थालेका छन्।

Advertisement

पार्टी स्रोतका अनुसार केन्द्रीय कमिटी बैठकमार्फत अध्यक्ष ओलीले संगठन, नीति तथा भावी कार्यदिशासम्बन्धी विभिन्न प्रस्ताव अघि सार्ने तयारी गरेका छन्। ती प्रस्तावहरू केन्द्रीय कमिटीमा छलफलपछि बन्दसत्रमा पेस गरिने जनाइएको छ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article