समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

हल्दीबारीले २७०८ परिवारलाई दोस्रो चरणको राहत बाँड्ने : काठमाडौंमा अलपत्र परेकालाई घर फर्काउने

हल्दीबारी गाउँ कार्यपालिकाको आकस्मिक बैठक आज  २०७७ वैशाख १५ गते  बसी निम्नानुसार महत्त्वपूर्ण निर्णयहरु गरेको गाउँपालिकाका प्रवक्ता सागर पोर्तेलले जानकारी दिएका छन् । 

Advertisement

१. कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले गत चैत-११ गतेदेखि घोषणा गरेको लकडाउनको समयावधि थप हुँदै गइरहेको सन्दर्भमा यस गाउँपालिकामा रहेका अति-विपन्न, अशक्त, असहाय, दैनिक ज्यालादारी गर्ने र असंगठित क्षेत्रमा काम गर्ने मजदुरहरुलाई लकडाउनको अवधिभर खाद्यान्न लगायतका राहत सामग्री वितरण गर्न वडा न.१ का ४१४, वडा न. २ का १२३५, वडा न. ३ का २९४, वडा न. ४ का ५०१ र वडा न. ५ का २६१ गरि जम्मा २७०८ घरपरिवारहरुलाई निम्न ३ वटा प्याकेजमा राहत वितरण गर्ने निर्णय गरेको प्रवक्ता पोर्तेलले बताए ।

Advertisement

राहत प्याकेजहरु:

: पहिलो प्याकेज (५ जना भन्दा बढि परिवार संख्या हुने) – २५ किलो चामल, ३ किलो दाल, २ लिटर तोरीको तेल र १ केजी आयोडिनयुक्त नुन ।

: दोस्रो प्याकेज (३ देखि ५ जनासम्म परिवार संख्या हुने) – २० केवी चामल, २ केजी दाल, ढेड लिटर तेल र १ केजी नुन ।

: तेस्रो प्याकेज (२ जनासम्म परिवार संख्या हुने) – १५ केजी चामल, १ केजी दाल, १ लिटर तेल र १ केजी नुन वितरण गरिने भएको छ ।

२. काठमाडौंमा जनमजदुरी गर्न, वैदेशिक रोजगारमा जान / मेडिकल परिक्षण गर्न तथा लकडाउन घोषणा हुनुभन्दा अघि विभिन्न कामको सिलसिलामा काठमाडौ गई उतै थुनिएर हाल अलपत्र परेका गाउँपालिकाका बासिन्दाहरुलाई जिल्ला प्रशासन कार्यालय झापासंग आवश्यक समन्वय गरि यथाशीघ्र घर फर्कने व्यवस्था मिलाई, फर्कि आउनेहरुको स्वास्थ्य परिक्षण गरि नियमानुसार क्वारेन्टाइन तथा होम क्वारेन्टाइनमा राख्ने प्रवन्ध मिलाउने निर्णय गरेको समेत प्रवक्ता पोर्तेलले जानकारी दिए ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article