हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ९ महिना अगाडि

अमेरिकाबाट ३० वर्षदेखि बस्दै आएका नेपालीसहित ७५ जना डिपोर्ट

काठमाडौँ । अमेरिकामा स्थायी आवास अनुमति (पिआर) पाएर करिब ३० वर्षदेखि बस्दै आएका एक जना नेपाली नागरिक निष्कासनमा परेका छन्। पिआर नवीकरण नभएपछि उनी निष्कासनमा परेको र बिहीबार मध्यान्ह नेपाल आइपुगेको मानव बेचबिखन अनुसन्धान ब्युरोका एसएसपी कृष्ण पङ्गेनीले जानकारी दिए।

Advertisement

बिहीबार ती नागरिकसहित जम्मा ७५ जना नेपाली नागरिक अमेरिकाबाट निष्कासनमा परेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन्। उनीहरू चार्टर्ड विमानमार्फत नेपाल फर्काइएका थिए।

Advertisement

एसएसपी पङ्गेनीका अनुसार डिपोर्ट भएर आएका सबैलाई आवश्यक सोधपुछपछि घर पठाइएको छ। निष्कासनमा परेकामध्ये दुई जना भिजिट भिसामा अमेरिका गई लुकेर बसेका थिए भने ७२ जना अवैध रूपमा तल्लो बाटो हुँदै अमेरिका प्रवेश गरेका थिए। डिपोर्ट भएकामध्ये ७२ जना पुरुष र तीन जना महिला रहेका छन्।

मानव बेचबिखन अनुसन्धान ब्युरो स्थापना भएयता हालसम्म ६६६ जना नेपाली नागरिक अमेरिकाबाट डिपोर्ट भइसकेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल सुरु भएयता मात्र ४३९ जना नेपाली नागरिक निष्कासनमा परेको ब्युरोले जनाएको छ।

डिपोर्ट भएर आएका व्यक्तिमध्ये तीन जनाले आफूलाई अमेरिका पठाउने गिरोहविरुद्ध मानव बेचबिखन अनुसन्धान ब्युरोमा जाहेरी दिएका छन्।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)