समाचार
हल्दिबारी संवाददाता ८ महिना अगाडि

जागृत क्याम्पसको अध्यक्षमा सापकोटा चयन

हल्दिबारी ।हल्दिबारी १ गोलधापस्थित जागृत क्याम्पसले आफ्नो १६औं वार्षिक साधारण सभा र छैटौं अधिवेशन सम्पन्न गरेको छ।

Advertisement

यस अवसरमा क्याम्पसको नयाँ व्यवस्थापन समिति चयन गरिएको छ, जसले शिक्षा र सामाजिक उत्थानमा उल्लेखनीय योगदान पुर्याउने उद्देश्य राखेको छ।
सर्वसम्मत निर्णयको आधारमा क्याम्पसको व्यवस्थापन समितिको अध्यक्षमा पूर्व वडाध्यक्ष एवं नेकपा (एमाले) हल्दिबारीका अध्यक्ष त्रिलोचन सापकोटा चयन भएका छन्।

Advertisement

क्याम्पसका उपाध्यक्षको रूपमा अग्रज अभिभावक टंकीनाथ योङ्हाङ चयन भएका छन्। समितिका अन्य सदस्यहरूमा यामप्रसाद चुडाल, टीकादेवी शिगु, गिता राई आङदन्बे, रेवता शिवाकोटी, कमल प्रसाद दाहाल र विश्वनाथ आपागाइ रहेका छन्।

सदस्यहरूको चयनसँगै क्याम्पसले आगामी वर्षहरूमा शैक्षिक गुणवत्ता र सामाजिक कार्यमा अझ प्रभावकारी भूमिका निर्वाह गर्ने उद्देश्य राखेको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article