हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ९ महिना अगाडि

अन्तिम मतदाता नामावली सार्वजनिक, करिब ९ लाख १५ हजार नयाँ मतदाता थपिए

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि अन्तिम मतदाता नामावली सार्वजनिक गरेको छ।
आयोगका अनुसार अघिल्लो प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको तुलनामा यस पटक मतदाताको सङ्ख्या ९ लाख १५ हजार ११९ ले बढेको छ। यससँगै देशभर कुल मतदाता सङ्ख्या एक करोड ८९ लाख ३ हजार ६८९ पुगेको छ।
प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार अन्तिम नामावलीमा ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ महिला तथा २०० जना अन्य लिङ्गका मतदाता समावेश छन्। उक्त नामावली निर्वाचन आयोगको वेबसाइटमार्फत सार्वजनिक गरिएको छ।
मतदाता नामावली ऐन, २०७३ को दफा २० अनुसार आयोगले आज अन्तिम मतदाता नामावली प्रकाशन गरेको हो। मतदाता नामावली अद्यावधिक कार्यविधि, २०८१ अनुसार प्रक्रिया पूरा गरी आगामी फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा गर्ने नागरिकको विवरण समेटिएको आयोगले जनाएको छ।
यसैबीच, आसन्न निर्वाचनका लागि देशभर १० हजार ९६७ मतदानस्थलमा २३ हजार ११२ मतदान केन्द्र तोकिएको छ।

Advertisement

Advertisement
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)