समाचार
हल्दिबारी संवाददाता ८ महिना अगाडि

संसदीय निर्वाचनमा होमिन बालेन शाह, माघ ६ अघि मेयर पदबाट राजीनामा अनिवार्य

झापा। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग भएको सहमतिअनुसार संसदीय राजनीतिमा प्रवेश गर्ने तयारी गरेका छन्। सोही प्रयोजनका लागि उनले माघ ६ गतेभित्रै मेयर पदबाट राजीनामा दिनुपर्ने निर्वाचन आयोग स्रोतले जनाएको छ।
फागुन २१ गते तय भएको प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिन मनोनयन दर्ताको कार्यतालिका माघ ६ का लागि तोकिएकाले, सो मितिभन्दा अघि नै राजीनामा आवश्यक पर्ने बताइएको छ।
मेयर शाहको राजीनामापछि काठमाडौं महानगरपालिकाको कार्यवाहक नेतृत्व उपमेयर सुनिता डंगोलले सम्हाल्ने व्यवस्था छ। राजनीतिक वृत्तमा यस कदमलाई स्थानीय तहबाट संघीय राजनीतितर्फ बालेन शाहको निर्णायक संक्रमणका रूपमा हेरिएको छ।

Advertisement

Advertisement
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article