समाचार
हल्दिबारी संवाददाता ५ महिना अगाडि

सामाजिक अभियन्तालाई सम्मान गर्दै ‘नेशनल सोसल वेलफेयर अवार्ड २०२५’

काठमाडौं । सामाजिक सेवामा लामो समयदेखि सक्रिय व्यक्तित्व र संस्थालाई सम्मान गर्न ‘नेशनल सोसल वेलफेयर अवार्ड २०२५’ आयोजना गर्न लागिएको छ। सांस्कृतिक, सामाजिक तथा मनोरञ्जन क्षेत्रमा अग्रणी भूमिका खेलेको सिजन मिडियाले अवार्डको छैटौँ संस्करण २०८३ साल बैशाख ११ गते काठमाडौंमा आयोजना गर्ने जनाएको छ।

Advertisement

सिजन मिडियाका अनुसार, अवार्ड कार्यक्रमले समाजका विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने व्यक्ति र संस्थालाई प्रोत्साहन र हौसला प्रदान गर्ने उद्देश्य राखेको छ। नेपाल तथा विदेशमा सामाजिक सेवा, मानवीय सहायता, आपतकालीन उद्धार, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा सक्रिय रहेका व्यक्तित्वलाई यस अवसरमा सम्मान गरिनेछ।
विशेषत, महामारी, बाढी, पहिरो, भूकम्पजस्ता प्राकृतिक प्रकोपका बेलामा अग्रपंक्तिमा रहेर दिनरात नभनी सेवामा खटिने व्यक्तित्व र संस्थालाई यस वर्ष पनि विशेष सम्मान र अवार्ड प्रदान गरिनेछ। आयोजकले भनेका छन्, “समाजमा सानो सहयोगले पनि ठूलो प्रभाव पार्न सक्छ, र समुदायको जीवनरक्षामा महत्वपूर्ण भूमिका खेल्ने सामाजिक सेवाका योगदान शब्दमा व्यक्त गर्न कठिन छ।”

Advertisement

सिजन मिडियाकी कार्यक्रम व्यवस्थापक रेजिना तुलाधरले अवार्ड कार्यक्रम विगत ६ वर्षदेखि निरन्तर आयोजना हुँदै आएको जानकारी दिँदै भनिन्, “सबै नागरिकमा सामाजिक भावना विकास गराउने र नयाँ पुस्तालाई समाजसेवातर्फ प्रेरित गर्ने हाम्रो लक्ष्य हो।”

उनीहरूले भनेअनुसार, सामाजिक सेवामा १० वर्षभन्दा बढी समयदेखि निरन्तर सक्रिय रहेका व्यक्तित्व र संस्थालाई विशेष अवार्ड समारोहबीच सम्मान गरिनेछ। सिजन मिडियाले विगतदेखि सामाजिक अभियन्ता र मार्गदर्शकप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि सहयोग र साथ रहने विश्वास व्यक्त गरेको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article