समाचार
हल्दिबारी संवाददाता ५ महिना अगाडि

युएईमा भ्रामक सूचना फैलाएको आरोपमा एक नेपालीसहित १० जना पक्राउ

काठमाडौं ।मध्यपूर्वमा जारी युद्धसम्बन्धी एआई प्रविधि दुरुपयोग गरेर भ्रामक सूचना फैलाएको आरोपमा युएईमा १० जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा एक जना नेपाली समेत रहेको बताइएको छ।

Advertisement

गल्फन्युजमा सार्वजनिक समाचारअनुसार पक्राउ परेकामध्ये एकजनाको आँखा छोपिएको तस्वीर सार्वजनिक भए पनि अन्य परिचय खुलाइएको छैन।

Advertisement

युएईका महान्यायाधिवक्ता हमाद सैफ अल शम्सीले सामाजिक सञ्जालमा झुटा र भ्रामक भिडियो क्लिप सार्वजनिक गरेको आरोपमा ती १० जनालाई पक्राउ गर्न आदेश दिएका थिए। अनुसन्धानपछि पक्राउ परेकाहरुलाई द्रुत सुनुवाइका लागि अदालतमा पेश गरिएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article