हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ६ महिना अगाडि

‘धुरन्धर’ मा प्रयोग भयो ४० वर्ष पुरानो पाकिस्तानी गीत, गायकलाई ४५ लाख रुपैयाँ पारिश्रमिक

नयाँ दिल्ली: चलचित्र ‘धुरन्धर’ केवल कथा र अभिनयका कारण मात्र होइन, यसको गीतसंगीतका कारण पनि चर्चामा रहेको छ। विशेषगरी एक पुरानो पाकिस्तानी गीतले दर्शकको ध्यान खिचेको छ।
चलचित्रमा रणवीर सिंह र सञ्जय दत्त माथि चित्रित ‘हावा हावा’ गीत निकै लोकप्रिय बनेको छ। यो गीत करिब ४० वर्षअघि रेकर्ड गरिएको थियो।
उक्त गीत पाकिस्तानी गायक हसन जहाँगीरले गाएका हुन्। जानकारीअनुसार करिब २ मिनेट लामो यस गीतका लागि निर्माण पक्षले गायकलाई करिब ५० हजार अमेरिकी डलर (झण्डै ४५ लाख रुपैयाँ) पारिश्रमिक दिएको छ।
गायक जहाँगीरले एक कार्यक्रममा बोल्दै आफ्नो गीत प्रयोग गर्न अनुमति लिइएको र पारिश्रमिक पनि दिइएको बताएका छन्। उनले अहिले गीत प्रयोग गर्दा अनुमति लिनु र पारिश्रमिक दिनु आवश्यक रहेको उल्लेख गरे।
चलचित्रको सफलतापछि यसको दोस्रो भाग पनि सार्वजनिक हुने तयारीमा रहेको छ, जसमा पनि पुराना गीतहरूको प्रयोग गरिएको बताइएको छ।

Advertisement

Advertisement
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)