समाचार
हल्दिबारी संवाददाता ५ महिना अगाडि

झापाको धुलाबारीमा २३ वर्षीया युवतीमाथि बलात्कार प्रयास, अभियुक्त फरार

धुलाबारी, झापा । झापाको धुलाबारी क्षेत्रमा एक २३ वर्षीया युवतीमाथि जबरजस्ती करणी उद्योग (बलात्कार प्रयास) भएको घटना सार्वजनिक भएको छ। गत चैत ३ गते दिउँसो करिब १:१५ बजेको समयमा आफ्नै घरको बरन्डामा बसिरहेको अवस्थामा ती युवतीमाथि एक व्यक्तिले जबरजस्ती करणी गर्ने प्रयास गरेको प्रहरीले जनाएको छ।
​घटनालगत्तै पीडित पक्षले इलाका प्रहरी कार्यालय धुलाबारीमा अभियुक्त विरुद्ध किटानी जाहेरी दर्ता गराएका छन्। प्रहरीका अनुसार अभियुक्तले युवतीको घरमै पुगेर सो हर्कत गरेका थिए। जाहेरी परेलगत्तै प्रहरीले पीडित युवतीको शारीरिक परीक्षण लगायतका आवश्यक कानुनी प्रक्रियाहरू सम्पन्न गरिसकेको छ।
​पहिचान खुलेका अभियुक्त भने घटना घटे लगत्तैदेखि फरार रहेका छन्। इलाका प्रहरी कार्यालय धुलाबारीले फरार व्यक्तिको खोजी कार्यलाई तीव्रता दिएको र सम्भावित स्थानहरूमा प्रहरी परिचालन गरिएको जानकारी दिएको छ। पीडितको गोपनीयता कायम राख्दै प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको छ।

Advertisement

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article