समाचार
हल्दिबारी संवाददाता ४ महिना अगाडि

प्रहरी हिरासतबाट भाइ छुटाउने प्रलोभन देखाई ठगी, झापाको दमकबाट अरुण र सुमन समातिए

दमक, झापा । झापाको दमकमा लागूऔषध मुद्दाका अभियुक्तलाई प्रहरी हिरासतबाट छुटाइदिने प्रलोभन देखाई रकम ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा झापाको दमक नगरपालिका वडा नं. ९ जिम्मादार चोक बस्ने ३० वर्षीय अरुण दनुवार र कमल गाउँपालिका वडा नं. ६ खैरबारी बस्ने ३२ वर्षीय सुमन खड्का रहेका छन्।

Advertisement

घटनाको विवरण अनुसार, गत फागुन २५ गते झापाको कमल गाउँपालिका वडा नं. ६ गुवाबारीबाट लागूऔषध (खैरो हिरोइन) सहित लक्ष्मण राजवंशी पक्राउ परेका थिए। निज लक्ष्मणमाथि लागूऔषध नियन्त्रण ऐन २०३३ अन्तर्गत अनुसन्धान भइरहेको अवस्थामा अरुण र सुमनले उनका दाजु रामप्रसाद राजवंशीलाई विश्वासमा पारी भाइलाई हिरासतबाट निकालिदिने भन्दै एक लाख ५० हजार रुपैयाँ ठगी गरेका थिए। पीडितले आफ्नो भाइलाई छुटाइदिने आशामा रकम बुझाए पनि ठगी भएको थाहा पाएपछि प्रहरीमा सूचना दिएका थिए।

Advertisement

सोही सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दमकले ठगी गर्ने दुवै जनालाई फागुन ८ गते पक्राउ गरेको थियो। पक्राउ परेका अभियुक्तहरूलाई मुलुकी अपराध संहिता २०७४ अन्तर्गत ठगी तथा आपराधिक लाभ कसूरमा अनुसन्धानका लागि जिल्ला अदालत झापाबाट चैत ९ गते ७ दिनको म्याद लिई हिरासतमा राखिएको छ। प्रहरीले यस घटनाका सम्बन्धमा थप कानुनी प्रक्रिया र अनुसन्धान अगाडि बढाएको जानकारी दिएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article