समाचार
हल्दिबारी संवाददाता ४ महिना अगाडि

भद्रपुरमा आमामाथि क्रूर कुटपिट: भिडियो सार्वजनिक भएपछि छोरा नियन्त्रणमा

भद्रपुर, झापा । झापाको भद्रपुर नगरपालिका वडा नं. ८ क्याम्पस मोडमा ७९ वर्षीया वृद्ध आमामाथि आफ्नै छोराले कुटपिट गरेको घटना सार्वजनिक भएको छ। स्थानीय ७९ वर्षीया चन्द्रमाया घिमिरेलाई उनका ३७ वर्षीय छोरा यशसि घिमिरेले २०८२ चैत ९ गते कुटपिट गरेको दृश्य सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले तत्परता देखाएको हो।

Advertisement

​आमामाथि कुटपिट गर्ने यशसि घिमिरेलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय झापाले अभियुक्त घिमिरेलाई नियन्त्रणमा लिई घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान अगाडि बढाएको जानकारी दिएको छ। वृद्ध अवस्थाकी आमामाथि छोराले गरेको अमानवीय व्यवहारको भिडियो सार्वजनिक भएपछि स्थानीय स्तरमा समेत यसको चर्को विरोध भइरहेको छ।

Advertisement

​प्रहरीले कुटपिटबाट घाइते भएकी पीडित चन्द्रमाया घिमिरेको तत्काल उद्धार गरी स्वास्थ्योपचारको व्यवस्था मिलाएको छ। हाल उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको र अवस्था स्थिर रहेको बताइएको छ। पारिवारिक विवाद वा अन्य कुन कारणले छोराले आमामाथि कुटपिट गरेका हुन् भन्ने विषयमा प्रहरीले छानवीन गरिरहेको जनाएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article