हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ६ महिना अगाडि

दमकमा आगलागी, दुई हजार कुखुरा जलेर नष्ट

झापा । दमक नगरपालिका–८ रुपाटोलस्थित एक कुखुरा फार्ममा मङ्गलबार साँझ आगलागी हुँदा करिब दुई हजार कुखुरा जलेर नष्ट भएका छन्।

Advertisement

स्थानीय खगेन्द्र निरौलाको फार्ममा साँझ ६ः२० बजे विद्युत् सर्ट भएर अचानक आगलागी भएको प्रहरीले जनाएको छ। आगलागीबाट फार्ममा रहेका सबैजसो कुखुरा जलेर मरेका हुन्।

Advertisement

घटनाबारे जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी नायव उपरीक्षक किशोर लम्सालको कमान्डमा १० जनाको टोली खटिएको थियो। दमक नगरपालिकाको दमकल र स्थानीयवासीको सहयोगमा आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

आगलागीबाट भएको क्षतिको विस्तृत विवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ। फाइल तस्बिर

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)