हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ६ महिना अगाडि

झापा गाउँपालिकामा १० शैयाको आधारभूत अस्पतालको उद्घाटन

झापा गाउँपालिकामा हालै १० शैयाको आधारभूत अस्पतालको विधिवत् उद्घाटन भएको छ। गाउँपालिका कार्यवाहक अध्यक्ष अन्जुदेवी थपलियाले आज बुधबार अस्पतालको उद्घाटन समारोहमा प्रमुख अतिथिको रूपमा उपस्थित भई उद्घाटन गर्नुभएको थियो ।

Advertisement

स्थानीय समाजसेवी स्व. तारानिधि तिवारी र उहाँकी धर्मपत्नी बिसेस्वरी तिवारीले अस्पतालको निर्माणको लागि १ बिगाहा १ कठा १५.५ धुर जग्गा निःशुल्क प्रदान गर्नुभएको अस्पताल ७ करोड रुपैयाँको लागतमा सम्पन्न भएको कार्यवाहक अध्यक्ष थपलियाले जानकारी दिनुभयो।

Advertisement

उद्घाटनको अवसरमा उक्त योगदानको कदर गर्दै जग्गादाता दानवीर र आधारभूत अस्पताल जग्गा व्यवस्थापन समितिका पदाधिकारी जय नारायण शाह लगायत लाई कदरपत्र सहित सम्मान गरिएको थियो।

उद्घाटन कार्यक्रममा गाउँपालिका कार्यपालिका अध्यक्ष अन्जुदेवी थपलिया, गाउँपालिका निर्वाचित अध्यक्ष जयन्द्र शाह, प्रमुख प्रशासकीय अधिकृत जनार्दन निरौला, वडा नं. ७ का वडाध्यक्ष सखीचन्द्र ठाकुर, वडा नं. १ का वडाध्यक्ष राजकुमार यादव र स्थानीय समाजसेवी लक्ष्मी उप्रेती, टङ्क विश्वकर्मालगायतका अतिथिहरूले अस्पतालको सञ्चालनपछि स्थानीय समुदायलाई प्राप्त हुने सुविधाबारे धारणा राख्नु भएको थियो ।

अस्पताल सञ्चालन सँगै झापा गाउँपालिकामा स्वास्थ्य बीमा कार्यक्रमसमेत लागू गरिएको छ, जसले सेवाग्रहीहरूलाई स्वास्थ्य सेवाको पहुँचलाई अझ सहज बनाएको छ। यस कार्यक्रममा एक डाक्टरसहित १४ जना स्वास्थ्य कर्मचारीहरूले सेवा प्रदान गर्दै आएका र अस्पताललाई अझ व्यवस्थित र सुविधा सम्पन्न बनाउन पालिकाले कुनै पनि कसर नछौड्ने प्रमुख प्रशासकीय अधिकृत निरौलाले बताउनुभयो।

अस्पताल नेपाल सरकारको ७ करोडको लागतमा निर्माण गरिएको हो र यो अस्पताल वडा नं. ३ को कामाटोली बजार उत्तरमा स्थित छ।

वडा नं. ३ का वडाध्यक्ष सुभासलाल गणेशको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहको सहजीकरण स्वास्थ्य शाखा प्रमुख प्रेम न्यौपानेले गर्नुभएको थियो

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)