हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ६ महिना अगाडि

गुजरातमा समान नागरिक संहिताको (UCC) विधेयक पास

उत्तराखण्डपछि गुजरात दोस्रो राज्य बन्यो जसले समान नागरिक संहितालाई लागू गर्ने घोषणा गरेको छ

Advertisement

एजेन्सी : गुजरात विधानसभाले २०२६ मा समान नागरिक संहिताको (UCC) विधेयक पास गरेको छ, जसले उत्तराखण्डपछि गुजरातलाई यो विधेयक लागू गर्ने दोस्रो राज्य बनाएको छ। यो विधेयकले विवाह, विवाह विच्छेद, उत्तराधिकार र लिभ-इन सम्बन्धलाई समान कानूनी संरचनामा राख्ने उद्देश्य राख्दछ।

Advertisement

केंद्रीय गृहमन्त्री अमित शाहले गुजरातको मुख्यमन्त्री भूपेन्द्र पटेल र विधायकोंलाई बधाई दिँदै भने कि, “बीजेपीको यो प्रतिबद्धता रहँदै आएको छ कि देशका सबै नागरिकको लागि समान कानून होस्।” शाहले यस कदमलाई तुष्टिकरणको राजनीति अन्त्य गर्ने र सबै नागरिकलाई समान न्याय दिने एक ठूलो कदम बताउनु भयो।

यस विधेयकमा यदि जबरजस्ती वा धोखाधडीबाट विवाह गरिएको खण्डमा सात वर्षको कारावास सजायको व्यवस्था गरिएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)