समाचार
हल्दिबारी संवाददाता ४९ मिनेट अगाडि

पूर्वराजा ज्ञानेन्द्रको अपिल : संयम र आपसी सद्‌भाव कायम राखौँ

काठमाडौँ, १४ साउन ।पूर्वराजा ज्ञानेन्द्र शाहले संयम रहन र आपसी सद्‌भाव कायम राख्न सबै नेपालीहरूलाई आग्रह गरेका छन्। सुनसरी लगायतका जिल्लाहरूमा हालै भएका द्वन्द्वप्रति गहिरो दु:ख व्यक्त गर्दै उनले सामाजिक सद्भाव कायम राख्न अपिल गरेका हुन्।

Advertisement

​निर्मल निवासस्थित संवाद सचिवालयमार्फत जारी सन्देशमा सुनसरीमा भएको आपसी द्वन्द्वका कारण जनधनको क्षति भएको र त्यसको असर कोशी क्षेत्र तथा तराईका विभिन्न भागमा फैलिएकोमा पूर्वराजा ज्ञानेन्द्रले चिन्ता व्यक्त गरेका छन्।

Advertisement

​नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विशेषता भएको देश भएको उल्लेख गर्दै उनले भनेका छन्— “यही विविधता नै हाम्रो देशको गौरव तथा पहिचान हो। यसमा कसैले पनि खलल पार्नु हुँदैन।”

​देशको मौलिक मान्यताविपरीत यस्ता अवाञ्छित घटनाहरू हुनु चिन्ताको विषय भएको सन्देशमा उल्लेख छ। “यो हाम्रो मौलिक मूल्य र मान्यता विपरीतको विषय हो,” पूर्वराजा ज्ञानेन्द्रले भनेका छन्, “त्यसैले जुनसुकै भूभागमा रहे-बसेका जो कोही पनि हामी नेपाली मिलौँ, हाम्रो यही आग्रह छ।”

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article