समाचार
हल्दिबारी संवाददाता १ महिना अगाडि

हिन्दु राष्ट्रको आवश्यकता प्रमाणित भइसक्यो, अब बहस सुरु गरौँ: राप्रपा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले नेपाललाई पुनः वैदिक सनातन धर्मसापेक्ष हिन्दु राष्ट्र कायम गर्नुपर्ने आवश्यकता प्रमाणित भइसकेको दाबी गर्दै यस विषयमा गम्भीर राष्ट्रिय बहस प्रारम्भ गर्न आह्वान गरेको छ।

Advertisement

​अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा शुक्रबार काठमाडौँमा बसेको राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठकले तराई-मधेशमा विकसित पछिल्ला हिंसात्मक र साम्प्रदायिक घटनाहरूप्रति समीक्षा गर्दै यस्तो निष्कर्ष निकालेको हो।

Advertisement

​बैठकपछि प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “वैदिक सनातन धर्म सापेक्ष हिन्दुराष्ट्रको पुनर्स्थापनाको एजेन्डा कुनै धर्म, सम्प्रदाय वा समुदायको अधिकार सीमित गर्ने उद्देश्यबाट प्रेरित होइन। बरु नेपालको ऐतिहासिक पहिचान, राष्ट्रिय एकता, सांस्कृतिक निरन्तरता तथा सबै नागरिकको धार्मिक स्वतन्त्रता र समान अधिकारलाई संस्थागत रूपमा सुनिश्चित गर्ने राष्ट्रिय अवधारणा हो।”

​पछिल्लो दुई दशकको राजनीतिक तथा संवैधानिक अभ्यासले हिन्दु राष्ट्र नेपालको अपरिहार्यतालाई पुष्टि गरेको राप्रपाको ठहर छ। २०६२/६३ को राजनीतिक परिवर्तनपश्चात् अपनाइएको वैचारिक तथा संवैधानिक मार्गचित्रमाथि अब गम्भीर राष्ट्रिय समीक्षा हुनुपर्नेमा पार्टीले जोड दिएको छ।

​सुनसरी, धनुषाको रघुनाथपुरस्थित हनुमान मन्दिरका हेरचाह गर्ने व्यक्तिको रहस्यमय हत्या लगायत तराई-मधेशका विभिन्न भागमा भएका हिंसात्मक घटनाप्रति राप्रपाले गहिरो चिन्ता व्यक्त गरेको छ। चाडपर्व वा धार्मिक महोत्सवका बेला पटक-पटक हुने तनाव र साम्प्रदायिक विवादको दीर्घकालीन समाधानका लागि सर्वपक्षीय समिति गठन गरी तत्काल संवाद थाल्न सरकारसँग माग गरिएको छ।

​प्रहरीको गोली प्रहारबाट नागरिकको ज्यान जानुमा गम्भीर प्रशासनिक कमजोरी र राज्यले संयम गुमाएको आरोप लगाउँदै राप्रपाले घटनाको निष्पक्ष, स्वतन्त्र तथा विश्वसनीय अनुसन्धान गरी दोषीमाथि कारबाही र पीडितलाई क्षतिपूर्ति दिन आग्रह गरेको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article