हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता २ महिना अगाडि

वीरगञ्जमा निषेधाज्ञा कायमै, ५ जनाभन्दा बढी भेला हुन नपाइने

​पर्सा ।स्थानीय प्रशासनले पर्साको वीरगञ्ज महानगरपालिकाका निश्चित क्षेत्रमा जारी निषेधाज्ञालाई निरन्तरता दिएको छ। जिल्ला सुरक्षा समितिको निर्णयअनुसार जिल्ला प्रशासन कार्यालय पर्साले आदेश जारी गर्दै निषेधाज्ञा कायम राखेको हो।

Advertisement

​प्रमुख जिल्ला अधिकारी भोला दाहालद्वारा जारी आदेशानुसार साउन १५ गते साँझ ५:०० बजेदेखि साउन १६ गते बिहान ६:०० बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ।

Advertisement

​प्रशासनले वीरगञ्जका मुख्य चार किल्लाभित्र निषेधाज्ञा लागू गरेको छ। जसअनुसार पूर्वमा प्रतिमा चोक र बसपार्क बाइपास रोड, पश्चिममा तिलावे पुल, उत्तरमा गण्डक चोक तथा दक्षिणमा शंकराचार्य गेटसम्मको क्षेत्र तोकिएको छ।

​स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३क) बमोजिम जारी गरिएको आदेशअनुसार तोकिएको सीमाभित्र पाँच जनाभन्दा बढी मानिसहरू जम्मा वा भेला हुन, सभा, जुलुस तथा प्रदर्शन गर्न पूर्ण रूपमा रोक लगाइएको छ। प्रशासनले आदेशको उल्लङ्घन गर्ने जोकोहीलाई नियन्त्रणमा लिएर कानुनबमोजिम कडा कारबाही गरिने चेतावनी दिएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)