हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता २ महिना अगाडि

परराष्ट्रका सहसचिव पुष्पराज भट्टराई पक्राउ

झापा । राहदानी कसुर मुद्दामा परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले सोमबार उनलाई नियन्त्रणमा लिएको हो।

Advertisement

​काठमाडौं जिल्ला अदालतमा दर्ता भएको राहदानी कसुरसम्बन्धी मुद्दामा उपस्थित नभएपछि अदालतबाट जारी पक्राउ पुर्जीका आधारमा सीआईबीले उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

Advertisement

​भट्टराईविरुद्ध १७ वर्षअघि फर्जी कागजातका आधारमा ५ जना तिब्बती शरणार्थीलाई यात्रा अनुमतिपत्र (ट्राभल डकुमेन्ट) जारी गरेको गम्भीर आरोप छ। सोही प्रकरणमा गत सोमबार काठमाडौं जिल्ला अदालतमा उनीविरुद्ध राहदानी कसुरमा मुद्दा दर्ता गरिएको थियो।

​अदालतमा उपस्थित नभएपछि जारी पक्राउ पुर्जीका आधारमा नियन्त्रणमा लिइएका सहसचिव भट्टराईलाई थप प्रक्रियाका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराउने तयारी भइरहेको सीआईबीले जनाएको छ।

फाइल तस्बिर

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)