समाचार
हल्दिबारी संवाददाता १ घण्टा अगाडि

झापा गाउँपालिकाबाटै भूमि प्रशासन सेवा सुरु

झापा । झापा गाउँपालिकाले आफ्नै भूमि व्यवस्थापन शाखामार्फत मालपोत तथा नापी सम्बन्धी सेवाहरू औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ।

Advertisement

​गाउँपालिकाकी कार्यवाहक अध्यक्ष अन्जुदेवी थपलियाको अध्यक्षतामा सोमबार आयोजित विशेष कार्यक्रमका बीच उक्त सेवाको शुभारम्भ गरिएको हो। कार्यक्रममा कार्यवाहक अध्यक्ष थपलियाले गाउँपालिकाबाटै भूमि प्रशासन सेवा सञ्चालनमा आएको घोषणा गरेकी हुन्।

Advertisement

​पहिलो चरणमा जग्गाधनी प्रमाण पुर्जामा विद्युतीय फोटो, औंठाछाप, दस्तखत तथा ल्याण्ड ओनर आइडेन्टिफिकेसन नम्बर (LIN) कायम भएका जग्गाको खरिदबिक्री, राजीनामा, हकछोड र लिखत पारित सम्बन्धी कामहरू सञ्चालन हुनेछन्। यसका अतिरिक्त अंशवण्डा, नामसारी, मोही बाँडफाँड, कित्ताकाट, नक्सा प्रिन्ट, अद्यावधिक तथा राजस्व संकलन जस्ता सेवाहरू समेत गाउँपालिका स्तरबाटै प्रवाह गरिनेछ।

​स्थानीय तहबाटै मालपोत र नापी सम्बन्धी सेवा उपलब्ध भएपछि नागरिकहरूलाई साविकको कार्यालय धाउनुपर्ने झन्झटबाट मुक्ति मिल्नेछ। पालिकाबाटै सेवा विस्तार गरिएपछि स्थानीय बासिन्दाले छिटो र छरितो रूपमा सेवा पाउने प्रमुख प्रशासकीय अधिकृत जनार्दन निरौला बताउँछन्।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article