हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता २ महिना अगाडि

इलाममा वज्रपात: खोलाले बगाएर छोराको मृत्यु, विक्षिप्त बनेकी आमाले गरिन् आत्महत्या

इलाम । इलामको माइजोगमाई गाउँपालिका–२ खोल्मेमा एकै परिवारमा हृदयविदारक घटना घटेको छ। विद्यालयबाट घर फर्किँदै गरेका ११ वर्षीय छोराको खोलाले बगाएर मृत्यु भएपछि शोक सहन नसकी आमाले पनि आत्महत्या गरेकी छन्।

Advertisement

​स्थानीय बजुर खोलामा आएको बाढीले बगाउँदा ११ वर्षीय आहान खत्रीको मृत्यु भएको हो। विद्यालय छुटेर घर फर्किने क्रममा खोला तर्दा बाढीले बगाएका बालकको मृत शरीर सोमबार राति ९:४५ बजे स्थानीय र प्रहरीको टोलीले फेला पारेको थियो।

Advertisement

​छोराको मृत्युको खबरले विक्षिप्त बनेकी ३५ वर्षीया आमा अमृता लेप्चा खत्री छोराको शव भेटिएलगत्तै घरबाट सम्पर्कविहीन भएकी थिइन्।

​आफन्त र स्थानीयले रातभर खोजी गर्दा नभेटिएकी अमृता मङ्गलबार बिहान साढे ५ बजे आफ्नै घरभन्दा करिब १०० मिटर टाढा रहेको निवराको रुखमा प्लाष्टिकको डोरीको पासो लगाई झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन्।

​गुल्मी स्थायी घर भएकी अमृता विगत ८-९ वर्षदेखि माइजोगमाईस्थित माइतीघरमा बसेर छोरालाई पढाउँदै आएकी थिइन्। उनका श्रीमान् अनिल खत्री वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा रहेका छन्।

​घटनाबारे जानकारी पाउनेबित्तिकै प्रहरी टोली खटिएर घटनास्थल सुरक्षित राख्नुका साथै आवश्यक अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ। सांकेतिक तस्वीर

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)