समाचार
हल्दिबारी संवाददाता ५२ मिनेट अगाडि

धरानबाट लागुऔषधसहित पाँच जना पक्राउ

इनरुवा, २१ साउन। सुनसरीको धरान उपमहानगरपालिका–१६ स्थित पौडेल चोकबाट प्रहरीले ठूलो मात्रामा लागुऔषधसहित पाँच जनालाई नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय धरानबाट खटिएको विशेष प्रहरी टोलीले लागुऔषधको अवैध कारोबार भइरहेको विशेष सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरेको हो।

Advertisement

​पक्राउ पर्नेहरूमा धरान–१३ का २२ वर्षीय अनिष तामाङ र १८ वर्षीया प्रतिमा राजधामी रहेका छन्। यसैगरी धरान–१६ का १८ वर्षीय निराजन तामाङका साथै पाँचथरको फिदिम नगरपालिका–१ घर भएका २१ वर्षीय पुरप राना मगर र सोही उमेरका अभिनाश थापा मगरलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

Advertisement

​जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) पुष्पराज मल्लका अनुसार पक्राउ परेकाहरूको साथबाट ६ सय २६ पिस प्रतिबन्धित ट्याब्लेट तथा क्याप्सुल बरामद गरिएको छ। जसमा ३ सय १६ पिस ट्रामाडोल, १ सय ९५ पिस स्पासपेन–फ्री, १ सय पिस स्पासप्रो र १८ पिस स्पासरेस्ट रहेका छन्।

​पक्राउ परेका पाँचै जनालाई इलाका प्रहरी कार्यालय धरानको हिरासतमा राखेर लागुऔषध नियन्त्रण ऐन अन्तर्गत थप अनुसन्धान प्रक्रिया अघि बढाइएको एसपी मल्लले जानकारी दिए।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article