हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता १ महिना अगाडि

कांग्रेस विवाद: सर्वोच्च अदालतद्वारा आधिकारिकतासम्बन्धी मुद्दा पुनरावलोकन गर्न अनुमति

झापा । नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले नयाँ आदेश जारी गर्दै यसअघिको फैसला पुनरावलोकनका लागि अनुमति दिएको छ। सर्वोच्चको यो निर्णयसँगै कांग्रेसको आधिकारिकतासम्बन्धी मुद्दाको सुनुवाइ अब सुरुआतदेखि नै हुने भएको छ।

Advertisement

​प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मासहित न्यायाधीशद्वय नित्यानन्द पाण्डेय र श्रीकान्त पौडेलको पूर्ण इजलासले बिहीबार पुनरावलोकनको निवेदनमाथि सुनुवाइ गर्दै उक्त आदेश दिएको हो।

Advertisement

​यसअघि वैशाख ४ गते न्यायाधीशद्वय शारंगा सुवेदी र नृपध्वज निरौलाको इजलासले निर्वाचन आयोगको निर्णयलाई सदर गर्दै विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिएको थियो।

​तर, उक्त फैसला स्थापित कानुनी सिद्धान्त, नजिर तथा प्रचलित कानुनविपरीत रहेको दाबी गर्दै पूर्वसभापति शेरबहादुर देउवा र पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले सर्वोच्चमा छुट्टाछुट्टै पुनरावलोकन निवेदन दायर गरेका थिए। देउवाले साउन ६ गते र खड्काले साउन १२ गते पुनरावलोकनका लागि निवेदन दिएका हुन्।

​सर्वोच्चले पुनरावलोकनको अनुमति दिएसँगै गगन थापा नेतृत्वले पाएको आधिकारिकतासम्बन्धी मुद्दा पुनः पूर्ण सुनुवाइमा जाने निश्चित भएको छ।

​कांग्रेसभित्र संस्थापन इतर पक्षले छुट्टै राष्ट्रिय भेलाको तयारी गरिरहेका बेला सर्वोच्च अदालतबाट आएको यो आदेशलाई राजनीतिक वृत्तमा महत्त्वका साथ हेरिएको छ।

​हाल हङकङ भ्रमणमा रहेका पूर्वसभापति देउवा साउन २९ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)