समाचार
हल्दिबारी संवाददाता १ घण्टा अगाडि

नेपालभर ९५.५ प्रतिशत धान रोपाइँ सकियो, कोशीमा ९३.६१ प्रतिशात

नेपालमा यस वर्षको मुख्य बाली धानको रोपाइँ अन्तिम चरणमा पुगेको छ। कृषि विभागको पछिल्लो तथ्याङ्क अनुसार साउन २२ गतेसम्म देशभर कुल धान रोप्न योग्य क्षेत्रफलको ९५ दशमलव ५ प्रतिशत भू-भागमा रोपाइँ सम्पन्न भएको छ।

Advertisement

​गत वर्षको तुलनामा यस वर्ष रोपाइँको गति निकै उत्साहजनक देखिएको छ। अघिल्लो वर्ष साउन २५ गतेसम्म ९१ दशमलव ३१ प्रतिशत मात्र रोपाइँ भएकोमा यस वर्ष देशभरको कुल १३ लाख ७० हजार ६२ हेक्टर क्षेत्रफलमध्ये हालसम्म १३ लाख ८ हजार ३ सय ८३ हेक्टरमा काम सकिइसकेको छ।

Advertisement

​खासगरी मधेश प्रदेशमा विगतको तुलनामा उल्लेख्य सुधार आएको छ। गत वर्षको सोही अवधिमा ६६ दशमलव ५४ प्रतिशत मात्र रोपाइँ भएको मधेशमा यस वर्ष ९४ दशमलव ६५ प्रतिशत रोपाइँ भइसकेको छ, जसले समग्र उत्पादनमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

​प्रादेशिक अवस्थालाई हेर्दा सुदूरपश्चिम प्रदेशमा शतप्रतिशत रोपाइँ सकिएको छ, जहाँको १ लाख ४५ हजार ९ सय ५० हेक्टर क्षेत्रफलमै काम पूरा भएको छ। यस्तै बागमतीमा ९७ दशमलव ८२, कर्णालीमा ९६ दशमलव ८२, गण्डकीमा ९५ दशमलव ५७, लुम्बिनीमा ९४ दशमलव ८३ र कोशी प्रदेशमा ९३ दशमलव ६९ प्रतिशत रोपाइँ सम्पन्न भएको कृषि विभागले जनाएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article