हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ४ हप्ता अगाडि

बिर्तामोडमा अटो र ट्याक्टर ठोक्किँदा एक जनाको मृत्यु, चार घाइते

बिर्तामोड । झापाको बिर्तामोडमा अटो र ट्याक्टर एक-आपसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन्।

Advertisement

​बिर्तामोड नगरपालिका–२ बाह्रकोटीगाउँस्थित भित्री सडक-खण्डमा मे १ ह ३८४२ नम्बरको अटो र मे १ त ७१५३ नम्बरको ट्याक्टर एकआपसमा ठोक्किएर दुर्घटना भएको हो।

Advertisement

​दुर्घटनामा अटो चालक तयामुल हकसहित अटोमा सवार झापा गाउँपालिका–४ भामटोली निवासी ३५ वर्षीया सुखि बिवीसमेत पाँच जना घाइते भएका थिए।

​घाइते सबैलाई उपचारका लागि बिर्तामोडस्थित बिर्तासिटी अस्पताल लगिएकोमा सुखि बिवीको उपचारको क्रममा दिउँसो १:३० बजे मृत्यु भएको प्रहरीले जनाएको छ। घाइते अन्य चार जनाको सोही अस्पतालमा उपचार भइरहेको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)