समाचार
हल्दिबारी संवाददाता १ दिन अगाडि

कप्तानगञ्ज घटनाका पीडितलाई विश्व हिन्दू परिषद्को आर्थिक सहयोग

काठमाडौँ, २४ साउन । कप्तानगञ्जमा भएको दुःखद् घटनाबाट प्रभावित भएका परिवारहरूलाई विश्व हिन्दू परिषद् नेपालले राहत रकम तथा आर्थिक सहायता उपलब्ध गराएको छ। घटनामा परेर ज्यान गुमाएका र घाइते भएका सनातनी परिवारप्रति गहिरो ऐक्यबद्धता प्रकट गर्दै परिषद्ले सामाजिक र मानवीय उत्तरदायित्वअन्तर्गत यो आर्थिक सहयोग हस्तान्तरण गरेको हो।

Advertisement

​घटनामा ज्यान गुमाएका ओम प्रकाश मेहता र जय प्रकाश मेहताका शोकसन्तप्त परिवारलाई परिषद्का तर्फबाट आज जनही रु १,००,००० का दरले राहत रकम हस्तान्तरण गरिएको छ। राहत रकमसँगै परिषद्का प्रतिनिधिहरूले दुवै परिवारलाई समवेदना पत्रसमेत प्रदान गरेका थिए। सो क्रममा परिषद्का प्रतिनिधिहरूले दिवंगत दुवै वीरको चितामा पुष्पगुच्छा अर्पण गर्दै हार्दिक श्रद्धाञ्जलीसमेत व्यक्त गरेका थिए। शोकाकुल परिवारसँगको भेटमा प्रतिनिधिहरूले दुःखको यस कठिन घडीमा आफूहरू पूर्ण रूपमा परिवारको साथमा रहेको सन्देश दिएका थिए।

Advertisement

​यसअघि, घटनामा घाइते भई अस्पतालमा उपचार गराइरहेका दुई जनालाई उपचारमा राहत पुगोस् भन्ने उद्देश्यले जनही रु ११,००० का दरले आर्थिक सहयोग उपलब्ध गराइसकिएको छ। सहयोग रकम हस्तान्तरण गर्दै विश्व हिन्दू परिषद् नेपालका राष्ट्रिय संगठन सचिव प्रह्लाद रेग्मीले पीडित परिवारले भोगिरहेको पीडा र विषम परिस्थितिमा परिषद् जुनसुकै सहयोग र सहकार्यका लागि सधैँ प्रतिबद्ध रहने बताउनुभयो।

​राहत रकम हस्तान्तरण कार्यक्रममा विश्व हिन्दू परिषद् नेपालका राष्ट्रिय अध्यक्ष पुरुषोत्तम भण्डारीलगायत अन्य पदाधिकारी तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो। परिषद्ले यो सहयोगलाई केवल रकम वितरणमा मात्र सीमित नराखी सङ्कटको समयमा परेका परिवारलाई साथ दिने ‘सेवा, संस्कार र समाजको हित’ प्रतिको आफ्नो मूल दायित्वका रूपमा लिएको स्पष्ट पारेको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article