समाचार
हल्दिबारी संवाददाता १ घण्टा अगाडि

प्रधानमन्त्री बालेन शाह र चिनियाँ राजदूत झाङ माओमिङबिच सिंहदरबारमा शिष्टाचार भेटवार्ता

झापा । प्रधानमन्त्री बालेंद्र शाह (बालेन) र नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङबिच सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा शिष्टाचार भेटवार्ता भएको छ।

Advertisement

​सिंहदरबारमा भएको भेटका क्रममा नेपाल-चीनबिचको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने, विकास साझेदारी अभिवृद्धि गर्ने तथा विभिन्न क्षेत्रमा आपसी सहयोग प्रवर्द्धन गर्ने विषयमा विस्तृत छलफल भएको छ।

Advertisement

​भेटवार्ताका क्रममा प्रधानमन्त्री बालेनले चीनसँगको ऐतिहासिक एवम् मैत्रीपूर्ण सम्बन्धलाई अझ प्रगाढ बनाउँदै दुवै देशको साझा हितका क्षेत्रमा मिलेर काम गर्नुपर्नेमा जोड दिनुभयो।

​सो अवसरमा चिनियाँ राजदूत झाङ माओमिङले प्रधानमन्त्री बालेनलाई शुभकामना व्यक्त गर्दै दुई देशबिचको आपसी सम्बन्ध, भाइचारा र सहकार्यलाई आगामी दिनमा अझ मजबुत बनाउने प्रतिबद्धता जनाउनुभयो।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article