हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता १ महिना अगाडि

कोलम्बियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प: कम्तीमा २० जनाको मृत्यु

बोगोटा (एजेन्सी) — दक्षिण अमेरिकी मुलुक कोलम्बियामा आएको ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी कम्तीमा २० जनाको मृत्यु भएको छ। भूकम्पका कारण दर्जनौँ घर तथा भवनहरू ध्वस्त हुनुका साथै व्यापक क्षति पुगेको छ।

Advertisement

​कोलम्बियाको राष्ट्रिय विपद् जोखिम व्यवस्थापन एकाइका अनुसार भूकम्पको केन्द्रविन्दु राजधानी बोगोटाबाट करिब ४०० किलोमिटर पश्चिममा पर्ने सान जोसे डेल पाल्मार नजिक ७९ किलोमिटर गहिराइमा रहेको थियो। भूकम्पको कडा धक्का छिमेकी मुलुकहरू भेनेजुएला र इक्वेडरसम्म महसुस गरिएको थियो।

Advertisement

​चोको प्रान्तका गभर्नर नोबोआ काउरिना कोर्डोबा-कुइरीले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत मुख्य भूकम्पपछि लगातार आउन सक्ने पराकम्प (आफ्टरशक) को जोखिम रहेकाले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन अपिल गरेका छन्। उद्धार तथा राहत टोली परिचालन गरी क्षतिको विस्तृत विवरण संकलन भइरहेको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)