समाचार
हल्दिबारी संवाददाता १ दिन अगाडि

मापदण्ड पूरा भए कमल गाउँपालिका नगरपालिका बन्ने, नपुगे यथावत् रहने : अध्यक्ष हुकुमसिंह राई

झापा, २६ साउन। झापाको कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले आवश्यक मापदण्ड पूरा भए मात्र कमल गाउँपालिका छुट्टै नगरपालिकामा स्तरोन्नति हुन सक्ने स्पष्ट पारेका छन्।

Advertisement

​गाउँपालिकाको स्थानीय तहको पुनर्संरचना तथा स्वरूप परिवर्तनलाई लिएर बजारमा फैलाइएका विभिन्न हल्ला तथा काल्पनिक प्रचारप्रति विश्वास नगर्न आग्रह गर्दै उनले आधिकारिक मापदण्ड र प्रक्रियाबिना कुनै निर्णय नहुने बताएका हुन्।

Advertisement

​अध्यक्ष राईले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै कमल गाउँपालिकाले तोकिएको मापदण्ड पूरा गरे मात्र नगरपालिका बन्न सक्ने र मापदण्ड नपुगे हालकै गाउँपालिकाको संरचनामा कायमै रहने उल्लेख गरेका छन्।

​”कमल गाउँपालिका मापदण्ड पूरा भएपछि छुट्टै कमल नगरपालिका बन्न सक्छ। मापदण्ड पूरा नभएसम्म गाउँपालिका नै रहनेछ,” राईले भनेका छन्, “निराधार र काल्पनिक हल्लाको पछि नलाग्न सबैमा अनुरोध गर्दछु।”

​स्थानीय तहको नाम, सीमा वा स्वरूप परिवर्तनसम्बन्धी विषयमा कुनै पनि आधिकारिक निर्णय वा कानुनी प्रक्रिया अघि नबढेको भन्दै अध्यक्ष राईले सर्वसाधारणलाई अनावश्यक भ्रममा नपर्न र सचेत रहन आग्रह गरेका छन्।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article