झापा । हल्दीबारी माध्यमिक विद्यालयमा नेपाल रेडक्रस सोसाइटी, हल्दीबारी उपशाखाका सभापति कर्णाखर प्रसाईंको प्रमुख आतिथ्यमा जुनियर रेडक्रस सर्कल (यु.रे.स.) को नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको छ।

विद्यालयमा आयोजित एक विशेष समारोहका बीच कक्षा ११ की स्वस्तिका निरौलाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको हो।

समितिको उपाध्यक्षमा सुशील कार्की (कक्षा १०), सचिवमा कन्चन घिमिरे (कक्षा ९), उपसचिवमा सन्देश परियार (कक्षा ९), कोषाध्यक्षमा लक्ष्मी मोक्तान (कक्षा ११) र उपकोषाध्यक्षमा सौरभ श्रेष्ठ (कक्षा ८) चयन भएका छन्।
त्यसैगरी सदस्यहरूमा भरत भट्टराई (कक्षा १२), अप्तिका राजवंशी (कक्षा १०), सन्ध्या नेपाल (कक्षा ८), प्रियंका राजवंशी (कक्षा ७) र रुपेन्द्र चापागाईं (कक्षा ६) रहेका छन्।
सर्कलको शिक्षक नायकमा झमकबहादुर बस्नेत र शिक्षक सहनायकमा उमादेवी भट्टराईलाई जिम्मेवारी दिइएको छ।
कार्यक्रमका प्रमुख अतिथि प्रसाईंले नवगठित समितिलाई बधाई दिँदै रेडक्रसको मानवीय सेवा, अनुशासन र सामाजिक उत्तरदायित्वमा समर्पित भएर लाग्न युवा विद्यार्थीहरूलाई आग्रह गरे। विद्यालय प्रशासन तथा उपशाखाका प्रतिनिधिहरूले पनि नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।