समाचार
हल्दिबारी संवाददाता ५५ मिनेट अगाडि

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी प्रवेक डंगोल झापाको काकडभिट्टाबाट पक्राउ

झापा । जबरजस्ती करणी मुद्दामा संलग्न रही फरार रहेका ललितपुरका ४७ वर्षीय प्रवेक डंगोल झापाको सीमावर्ती क्षेत्र काकडभिट्टाबाट पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय धुलाबारी र इलाका प्रहरी कार्यालय काकडभिट्टाको टोलीले उनलाई सोमबार (साउन २६ गते) दिउँसो नियन्त्रणमा लिएको हो।

Advertisement

​जिल्ला प्रहरी कार्यालय झापाका अनुसार, ललितपुर महानगरपालिका-१६ बस्ने डंगोलले गत २०८२ फागुन २५ गते रातिको समयमा झापाको मेचीनगर नगरपालिका-१३, चारआलीस्थित ओझा होटलमा ३२ वर्षीया महिलालाई जबरजस्ती करणी गरी फरार भएका थिए।

Advertisement

​भारततर्फ छलेर बसिरहेका डंगोल साउन २६ गते दिउँसो करिब ३:०० बजे भारतबाट नेपालतर्फ आउँदै गरेको भन्ने गुप्त सूचनाका आधारमा प्रहरी टोली परिचालन गरिएको थियो। प्रहरीले मेचीनगर नगरपालिका-६ स्थित काकडभिट्टा बसपार्क क्षेत्रबाट उनलाई फेला पारी पक्राउ गरेको जनाएको छ।

​पक्राउ परेका डंगोलमाथि आवश्यक कानूनी कारबाहीका लागि थप अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article