समाचार
हल्दिबारी संवाददाता १ घण्टा अगाडि

सरकारी निकायमा स्वदेशी वस्तु र सेवा अनिवार्य प्रयोग गर्न प्रधानमन्त्री शाहको निर्देशन

काठमाडौँ । सरकारले आफ्ना सबै निकायहरूमा अनिवार्य रूपमा स्वदेशी उत्पादन तथा सेवा प्रयोग गर्न निर्देशन दिएको छ। प्रधानमन्त्री वालेन्द्र शाहको निर्देशन र हालै स्वदेशी उद्यमी एवम् व्यवसायीहरूसँग भएको परामर्शका आधारमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले यस्तो निर्णय गरेको हो।

Advertisement

​स्थानीय सीप र उद्यमको प्रवर्द्धन, देशभित्रै रोजगारी सिर्जना तथा आयात प्रतिस्थापन गर्ने उद्देश्यले बुधबार सबै सरकारी निकायहरूलाई परिपत्र जारी गरिएको कार्यालयले जनाएको छ। यो व्यवस्था संघका सबै मन्त्रालय, प्रदेश सरकार, स्थानीय तह र विदेशस्थित नेपाली नियोगहरूमा समेत लागू हुनेछ।

Advertisement

​प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार अबदेखि सरकारी निकायहरूले स्टेशनरी, फर्निचर, निर्माण सामग्री र खाद्य वस्तु खरिद गर्दा अनिवार्य रूपमा नेपाली उत्पादनलाई नै रोज्नुपर्नेछ। यसका साथै सरकारी बैठक, औपचारिक समारोह तथा उपहारका रूपमा दिइने कोसेलीमा समेत नेपाली हस्तकलाका सामग्री मात्रै प्रयोग गर्न निर्देशन दिइएको छ।

​स्वदेशी उद्योगलाई प्रोत्साहन गर्नका लागि सार्वजनिक निकायहरूले सार्वजनिक खरिद प्रक्रिया (बोलपत्र सम्बन्धी कागजात) मा स्वदेशी वस्तुको प्राथमिकता अनिवार्य रूपमा उल्लेख गर्नुपर्नेछ। निर्देशनको प्रभावकारी कार्यान्वयनका लागि सम्बन्धित निकायहरूबाट नियमित अनुगमनका साथै त्रैमासिक रूपमा निरीक्षण गरिने प्रावधानसमेत मिलाइएको छ। फाइल तस्बिर

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article