समाचार
हल्दिबारी संवाददाता २ घण्टा अगाडि

रसुवा बाढीका कारण ९८७ जनाको मृत्यु, करिब ४ हजार अझै बेपत्ता

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीसम्बन्धी खोज, उद्धार तथा राहतको पछिल्लो तथ्यांक सार्वजनिक गरेको छ। प्राधिकरणले भदौ १६ गते बिहान ९ बजेसम्मको अध्यावधिक विवरण सार्वजनिक गर्दै बाढीका कारण हालसम्म ९८७ जनाको शव फेला परेको पुष्टि गरेको छ। विभिन्न जिल्लामा भेटिएका शवहरूमध्ये सबैभन्दा बढी चितवनमा ३२१, नवलपरासी पूर्वमा २१६ र नवलपरासी पश्चिममा १७० वटा रहेका छन्। त्यस्तै नुवाकोटमा ९५, गोरखामा ६५, धादिङमा ५५, तनहुँमा ३८ र रसुवामा २७ जनाको शव भेटिएको छ।

Advertisement

​बाढीका कारण हालसम्म ३ हजार ९१६ जना नागरिक अझै सम्पर्कविहीन रहेका छन्। बेपत्ता हुनेहरूमा नेपाल प्रहरीका २५ जना, नेपाल सेनाका ४५ जना, सशस्त्र प्रहरीका १३ जना, भन्सारका १५ जना र अध्यागमनका ३ जना कर्मचारी रहेका छन्। यस्तै ५८३ जना विदेशी नागरिक, उनीहरूसँगै घुम्न गएका १६४ जना नेपाली, रसुवाका ६६५ जना, नुवाठमाडौँका १५५८ जना, जलविद्युत् आयोजनाका ६३९ जना, लाङटाङ राष्ट्रिय निकुञ्जका ३ जना र क्वारेन्टाइनका ३ जना अझै सम्पर्कमा आएका छैनन्।

Advertisement

​घटनामा परी हालसम्म २७९ जना घाइते भएका छन्, जसमध्ये १६८ जना अस्पतालबाट डिस्चार्ज भइसकेका छन् भने नेपाली सेनामार्फत २,७४० जनाको स्वास्थ्य उपचार गरिएको छ। उद्धार कार्यलाई तीव्र पार्दै सेनाको हवाइ उद्धारमार्फत ३,४४९ जना नेपाली र २५३ जना विदेशी गरी कुल ३,७०२ जनाको उद्धार गरिएको छ। यसका लागि नेपाली सेनाले ५७३ पटक र निजी क्षेत्रले २९ पटक हवाइ उडान गरिसकेका छन्।

​विपद् व्यवस्थापनका लागि मैदानमा २१,०११ जना सुरक्षाकर्मी खटिएका छन्, जसमा नेपाल प्रहरीका ७,९१२, नेपाल सेनाका ८,८९६ र सशस्त्र प्रहरीका ४,२०३ जना छन्। राहत सामग्री ढुवानीका लागि ३७ ट्रक, ३७ बोलेरो र ९ वटा हेलिकप्टर उडानको प्रयोग गरिएको छ। सरकारले राहत स्वरूप रसुवा र नुवाकोटलाई १-१ करोड, धादिङलाई ५० लाख र प्रभावित १५ पालिकालाई कुल ६ करोड ७५ लाख रुपैयाँ नगद राहत उपलब्ध गराएको छ।

​प्रभावित क्षेत्रमा डिजेल ४२ हजार लिटर, पेट्रोल १८ हजार लिटर र हवाइ इन्धन ६ हजार लिटर मौज्दात रहेको छ। यस्तै नेपाल टेलिकमका क्षति पुगेका ११० वटै टावर र एनसेलका ७८ मध्ये ७५ वटा टावर सञ्चालनमा आइसकेका छन्। पहिचान हुन नसकेका शवहरूलाई विभिन्न जिल्लाका २१ वटा अस्पतालमा राखिएको र तिनको विस्तृत विवरण प्राधिकरणको आधिकारिक फेसबुक पेज तथा नेपाल प्रहरीको disaster पोर्टलमा हेर्न सकिने जनाइएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article