समाचार
हल्दिबारी संवाददाता ५९ मिनेट अगाडि

सोलुखुम्बुमा दुई हेलिकप्टर ठोक्किँदा एक विदेशीको मृत्यु, एक घाइते

झापा । सोलुखुम्बुको फेरिचेस्थित हेलिप्याडमा मंगलबार दुई वटा हेलिकप्टर एकआपसमा ठोक्किँदा एक जना विदेशी नागरिकको मृत्यु भएको छ भने अन्य एक जना घाइते भएका छन्।

​नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार फिस्टेल एयर र डाइनेस्टी एयरका हेलिकप्टर फेरिचे हेलिप्याडमा अवतरण गर्ने क्रममा आपसमा ठोक्किएर दुर्घटनाग्रस्त भएका हुन्।

​प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले अवतरणका क्रममा दुवै हेलिकप्टरका पङ्खा (ब्लेड) एकआपसमा जुधेका कारण दुर्घटना भएको प्रारम्भिक जानकारी प्राप्त भएको बताए।

​जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक मौसम तामाङका अनुसार दुर्घटनामा परी ज्यान गुमाउने र घाइते हुने दुवै जना विदेशी नागरिक हुन्।

​दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको र उद्धार कार्यका साथै थप अनुसन्धान जारी रहेको प्राधिकरणले जनाएको छ।

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)