समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

बालिकाको उपचारार्थ सहयोग

 झापा/ आगोले जलेर छातीदेखि पेट सम्मको भागको सबै छाला उक्किए गम्भिर घाइते भएकी बालिकाको उपचारका लागि अहिले सम्म २ लाख १३ हजार रुपया संकलन भएको शनिवार देवी बराइली उपचार आर्थिक सहयोग समिति संयोजक नरेश विकले जानकारी दिएका छन् ।

Advertisement

सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका वडा ५ का पाँच वर्षीया बालिका देवी बराइलीको उपचार आर्थिक अभावका कारण हुन नसकेको कुरा सञ्चार माध्यममा आएपछि । नरेश बिकको संयोजकत्वमा आर्थिक संकलन समिति गठन भएको थियो । शनिबार बराइलीको घरमै पुगेर धरान, पथरी, बराहक्षेत्र बाट संकलन भएका सहयोग रकम समितिलाई हस्तान्तरण थियो ।

Advertisement

समिति अनुसार अहिले सम्म संकलित रकमहरुमा धरानबाट संयोजक नरेश बिक, लिलिस पोमु सहितको ४८ हजार ३४० रुपैया, चकरघट्टीबाट संयोजक प्रदिप ढकाल मार्फत ३९ हजार ४१५, लक्ष्मी परियार मार्फत ७ हजार ३ सय, बराहक्षेत्र नगरपालिका बाट ८ हजार, बराहक्षेत्रका महेन्द्र र सम्झना श्रेष्ठ ५ हजार पथरी मिडिया (मेरो मनको टिभी र गरिमा टेलिभिजन) ७० हजार २५ रुपियाँ, कुमारी लिम्बू नडहा मार्फत ३१ हजार ५६४ रुपैया संकलन भएको हो ।

अहिले सम्म संकलीत रकमले बालिका लाई उपचारका लागि आइतबार काठमाण्डू लैजाने तयारी भएको संयोजक नरेश बिकले बताए । उनका अनुसार काठमाण्डूमा वीर अस्पताल ट्रमा सेन्टरमा उपचारको लागि चिकित्सहरु संग कुराकानी भएको छ । काठमाण्डूमा उपचारका लागि जनता समाजवादी पार्टीका नेता दलमर्दन कामीका नेतृत्वमा उपचार सहयोग हुने बताइएको छ । उपचारमा सहयोग गर्न वडा समिति र बराहक्षेत्र नगरपालिकाको सिफारिस बनाएर लैजाने तथा एम्बुलेन्सको व्यवस्था मिलाउने कार्य भैरहेको संयोजक विकले बताए ।,

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article