स्वास्थ्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

नेपालमा एकैदिन १८९ जनामा कोरोना संक्रमण ,मृत्यु हुनेको संख्या ७ पुग्यो

काेराेना

हल्दिवारी – १७ जेठ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा १८९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयले शनिबार आयोजना गरेको नियमित ब्रिफिङमा मन्त्रायका प्रवक्ता डा. विकास देवकोटाले पछिल्लो २४ घण्टामा १८९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जनाएका हुन् ।

Advertisement

उनकाअनुसार सबैभन्दा धेरै कपिलवस्तु थप १०९ जनामा कोरोनाभाइरस पोजेटिभ देखिएको छ । साथै, सर्लाही १७, दैलेखका १४, सिरहा ११, सप्तरीका ९, धनुषा ७, रौतहट ६, दाङ ५, महोत्तरी ४, पर्सा २, संखुवासभा २, झापा १, ललितपुर १ र बारामा १ जनाको कोरोनाभाइरस संक्रमण भएको प्रवक्ता डा। देवकोटाले जानकारी दिए ।

Advertisement

योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या एक हजार चार सय एक पुगेको छ । जसमध्ये २१९ जना निको भएर घर फर्किइसकेका छन् भने पछिल्लो २४ घण्टामा मात्रै १३ जना डिस्चार्ज भएका छन् ।

हालसम्म कोरोना संक्रमणले सिन्धुपाल्चोकमा एक, बाँकेमा एक, गुल्मीमा एक, बाराका एक, ललितपुरका एक , अर्घाखाँचीका एक र दैलेखमा एकगरी ७ जनाको मृत्यु भएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article