साहित्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

आजको गजल : “के ठान्यौ”

मन भित्र ठान्न त के ठानियो के ठानियो।
त्यो बेलामा सही र गलत कहाँ छानियो।

Advertisement

अब पश्चातापमा जल्नुको के फाईदा
जानी जानी राक्षसलाई भगवान मानियो।।

Advertisement

टोकाईबाट ज्यान गुमाउँदा जानकारी भो l
दुध चुसेर बिष निकाल्छ कहाँ जानियो।।

रोडको भिखारी जस्ता थिए यिनीहरु
यहीँ हातले रोडबाट कोटसम्म तानियो।।

आज यिनीहरुको कृयाकलाप देख्दाखेरी
लाग्दैछ आफ्नै खुट्टामा बञ्चरो हानियो ।
 दाला शाही ,हाल केरला

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article