हल्दिबारी डटकम
Hover Ad Article
स्वास्थ्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

एकैदिन १६६ जनामा कोरोना संक्रमण, कहाँ कति नयाँ संक्रमित ?

हेमन्तकुमार मैनाली / हल्दिवारी – १८ जेठ  । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा एक सय ६६ जनामा कोरोनाभाइरस संक्रमण भएको जनाएको छ । मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा आइतबार मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले पछिल्लो २४ घण्टामा एक सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

Advertisement

उनकाअनुसार तनहुँमा १, स्याङ्जामा २, पर्सा ५, कालिकोटमा १८, दैलेख १९, बाजुरामा ३, सल्यानमा २५, सुर्खेतमा १, कपिलवस्तु ५, बाँके ८, सप्तरीमा १२, कैलालीमा ३, झापामा ४, मोरङमा १, धनुषामा २१, रौतहटमा २९ र सर्लाहीमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

Advertisement

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या एक हजार पाँच सय ६७ पुगेको छ । जसमध्ये उपचारपछि निको भएर दुई सय २० जना घर फर्किएका छन् भने आठ जनाले ज्यान गुमाएका छन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)