हल्दिबारी डटकम
Hover Ad Article
शिक्षा
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

नयाँ ग्रामथानको शिलान्यास

सम्बाददाता- इटहरी/ नेकपाका नेता पूर्वमन्त्री तथा प्रदेश १ सांसद भीम आचार्यले सोमवार बराहक्षेत्र वडा ५ नयाँ टोलमा थारु जातिको सांस्कृतिक, धार्मीक स्थल ग्रामथान निर्माण कार्यको शिलान्यास गरेका छन् ।

Advertisement

उक्त अवसरमा उनले बिकासको नाममा पुरातात्विक सांस्कृतिक स्थलहरुको अस्तित्व स्क्रतिक ठाउहरुको अस्तित्व समाप्त गरेका बिकाशित देशहरु अहिले खोज अनुस्नधनमा लागेको बताउँदै भने ‘नेपालको कुनै पनि धार्मिक, सांस्कृतिक स्थल, ग्रामथानहरु राष्ट्रको समपती हो यस्को पहिचान गरी संरक्षण गर्र्न दायीत्व हामी सबैको हो ।’ नेताा आचार्यले नेपाल १२६ जातिको बहुजाती, बहुभाषी, बहुसांस्कृतिक देश भएको बताउँदै बताउँदै आदिबासी जनजातिका भाषा, संस्कृतिको संरक्षण सम्बर्धनमा लागि आफु लागिपर्ने प्रतिबद्धता जनाए ।

Advertisement

उनले ग्रामथानको निर्माणका लागि ५ लाख रुपया बजेट छुट्याएको उल्लेख गदैै निर्माण कार्यमा रकम अपुग भए वडामा पहल गरी थप गरिदिने वचन दिए । ग्रामाथान निर्माण समिती अध्यक्ष अधिकलाल चौधरिले वडा कार्यलयको पहलमा उधोग, पर्टन वन तथा बातावरण मन्त्रालय बिकास कोष बाट ग्रमथान बन्न लागेको बताए । उनका अनुसार कुल लागत १५ देखी १७ लाख सम्मको स्टेमेट रेको जानकारी दिए ।

ग्रामथान निर्माणमा अमहा सामुदायिक वन बाराहक्षेत्र वडा ४ र ५ को अध्यक्ष भोजराज घले बाट साल, साझ र शिरिषको ४३ क्युविक फिट लकडी सहयोग प्राप्त भएको उनले बताए । ग्रामथान निर्माणमा स्थानीय नयाँ टोलबासीले श्रमदान गर्ने भएका छन् । निर्माण कार्य असार १५ गते भित्र सम्पन्न गरिने बताइएको छ । शिलान्यासमा बराहक्षेत्र नगर प्रमुख निलम खनाल बराहक्षेत्र वडा ५ नयाँ टोल सयपत्रि क्लबका अध्यक्ष दयाराम चौधरी, वडा ४ का अध्यक्ष आसाराम चौधरी, नेकपाका नन्दु बस्नेत लगयतको उपस्थिति थियो ।

निर्माण समितिका सचिव प्रदीपकुमार चौधरी, कोषध्यक्ष सन्जु धामी र सदस्यहरु दायारामा चौधरी, रेखाकुमारी चौधरी, भुलन धामी र पुषनी राज धामी पनि कार्यक्रममा सहभागी थिए । निर्माण कार्यको अनुगमन समितीमा संयोजक पन्नालाल चौधरी तथा सदस्यहरुमा आदनारायण चौधरी र प्रशुरामा चौधरी रहेका छन्

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)