स्वास्थ्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

तेह्रथुममा कोरोना पोजेटिभ

कमला भट्टराई- झापा/ नेपाल सरकार स्वास्थ मन्त्रालयले बुधवार सार्वजनिक गरेको कोरोना संक्रमीतमा एक जना बराहक्षेत्रको क्वारेन्टाइनमा बस्ने पुरुष भनिएतापनि उनि बराहक्षेत्रमा घर भई हाल तेह्रथुमको क्वारेन्टाइनमा कार्यरत रहेको बेला कोरोना संक्रमीत भएको बराहक्षेत्र नगरपालिकाले जनाएको छ ।

Advertisement

सशस्त्र प्रहरी बलमा कार्यरत बराहक्षेत्र वडा ७ का २९ बर्षिउ उनको स्वब परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको नगरपालिका प्रमुख प्रशासकीय अधिकृत राजेश प्रसाद पोखरेल बताए । उनका अनुसार उनी तेह्रथुमको क्वारेन्टाइनमा डिउटीमा खटिएका छन् । बुधबार नेपाल सरकार स्वास्थ मन्त्रालयले प्रेस मिटमा भने बराहक्षेत्रको क्वारेन्टाइनमा बस्ने भने पनि उनी हाल तेह्रथुमको क्वारेन्टाइनमा रहेकोले भ्रममा नपर्न पोखरेलले आग्रह गरे ।

Advertisement

उनका अनुसार बराहक्षेत्रको क्वारेन्टाइमा बस्नेहरुको स्वाब परिक्षणको रिपोर्ट अहिले सम्म आएको छैन् । बराहक्षेत्र वडा ७ वडा अध्यक्ष वीर बहादुर लिम्बुले तेह्रथुममा कोरोना पोजिटिभ देखिएका व्यक्त बराहक्षेत्र ७ का रहेको पुष्टी गर्दै भने ‘उनि यही वडाका हुन हाल सशस्त्र प्रहरी बल नेपालमा कार्यरत छन् ।’

फागुन महिना उनि बराहक्षेत्र स्थित आफ्नो घर आएका थिए । छुट्टि सकिएपछि ऊनी जेठ ३ गते तेह्रथुम जागीरमा हाजिर गर्न गएको उनको परिवरले बताएका छन । उनले जेठ १६ गते आफ्नो स्वब परिक्षण गराएका थिए । उक्त स्वबको रिपोर्ट बुधबार पोजेटिभ आएको वडा अध्यक्ष लिम्बु बताए ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article