स्वास्थ्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

वीपी प्रतिष्ठान धरानमा भर्ना भएका विरामीलाई कोरोना पोजेटिभ

कमला भट्टराई- झापा/वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा वार्डमा भर्ना भएका एक बच्चा कोरोना सक्रमिण भेटिएको छ । प्रतिष्ठानको अर्थो अब्जरभेसन वार्डमा अप्रेशनका लागी भर्ना भएका बच्चाको अप्रेशन अगाडी गरिएको पिसिआर जाँचको रिपोर्ट पोजेटिभ आएको हो ।

Advertisement

प्रतिष्ठानमा १० दिनदेखि अर्थो अब्जरभेसन वार्डमा भर्ना भएका ती बच्चालाई पेडियाट्रिक इर्मजेन्सीमा पनि उपचारमा लगिएको थियो । विरामीमा कोरोना पोजेटिभ देखिएपछि स्वास्थ्यकर्मीहरु चिन्तीत भएका छन । उनको उपचारमा रहेका चिकित्सक, नर्सहरु, भेट्न आउने आफन्त, कुरुवाको ट्रेसिङको काम सुरु गरिएको छ ।

Advertisement

अर्थो विभाग प्रमुख प्रा.डा.पशुपति चौधरीले उपचारमा रहेका सबै स्वास्थ्यकर्मी र बच्चाका परिवारजनको पिसिआर जाँच गर्ने तयारी गरेको बताए । डा.चौधरीले अर्थो वार्डमा आवतजावत बन्द गरेर विरामीलाई राती नै आइसोलेसन वार्डमा सारिएको जानकारी दिए

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article