साहित्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

माया अलिक पछि गरौंला ल ?

तिम्रो याद आइरहन्छ अचेल
सायद नजिक हुदा त्यो महसुस थिएन क्यार!
आज भोलि
सपनिमा पनि तिमी सङ्गै हुन्छु म
सायद बिपनिमा भेट नभएर हो क्यार
फोन हेर्छु , सबै समय जतिबेला नै
सायद तिम्रो खबर आउँछ कि भनेर
कतै तिम्रो तस्बिर अनि आबाज पनि
आज त सुटुक्कै आयोकी भनेर !!
तर छैनौ कतै , देखिन्नौ तस्बिरमा
न त्यो शब्द-वाणी नै आउँछ मेरो कानमा
छैन कतै तिम्रो उपस्थिती अनि स्वयम् तिमी!
तर अब
धैर्य गर है प्रीये !एक दिन फेरि भेट हुन्छ
जब यो कोरोनाले हामिलाइ छोड्छ
अनि त्यो समयमा हामी पुन एक हुनेछौं
तिम्रो त्यो सुनकेस्री कपालमा मीठो स्पर्श
तिम्रो त्यो नसालु आंखालाइ न्यानो माया
अनि ति मायलु भाखाहरुलाई त झन ,
म कति आनन्दले सुन्दो हुं ,
निदाइ तिम्रो त्यो स्वप्निल काखमा
भुली सारा दुख अनि बेदना ,
यी बन्दा- बन्दिले छुट्टयाएका हाम्रा तनहरु
हाम्रा मिठा मायाका स्पन्दनहरु !!

Advertisement

नविन खरेल 

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article